महोत्तरी, १ चैत । जिल्लाको मटिहानी नगरपालिकाको नगर प्रमुख हरिप्रसाद मण्डलले वडा नं. ७ मा नवनिर्मित मणिराम बाबा कुट्टी (भवन) को एक समारोहबीच उद्घाटन गरेका छन् ।
मटिहानी नगरपालिकाको नगरस्तरीय योजना अन्तर्गत करीब ११ लाख ६४ हजारको लागतमा सो कुटीको निर्माण भएको कुरा नगरपालिकाका इन्जिनियर विमलेश साहले बताएका छन् ।
कार्यक्रममा बोल्दै नगर प्रमुख मण्डलले विभिन्न धार्मिक ठाउँहरूको विकासका लागि पालिका प्रतिबद्ध रहेको बताए ।
वडा नम्बर ७ का वडाध्यक्ष जीतनारायण माझीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नम्बर ६ का वडा अध्यक्ष रामबाबु नायक, वडा नं. ८ का वड़ा अध्यक्ष गणेश प्रसाद, कार्यपालिका सदस्यहरु बेचनी देवी, सुन केसी चौधरी, वडा सदस्यहरु मोहन सहनी, निर्मला देवी, नूर मोहम्मद राईन, नेकपा एमालेका नेता शंकर साह, जुगेश्वर मण्डल, जसपाका नागेन्द्र लाल कर्ण, लोसपाका नगर कमिटि अध्यक्ष श्याम कुमार मण्डल, उपाध्यक्ष मोसाफिर सहनी, महोत्तरी उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष नागेश्वर गुप्ता, या.ल.ना. विद्यापीठका प्राचार्य वीरेन्द्र लाल कर्ण, सह–प्राचार्य हेम नारायण कर्ण, लगायतका महानुभावहरुले मटिहानी नगरपालिकाको विकास बारे चर्चा गरेका थिए ।
तपाईको प्रतिक्रिया