पोखरियाका वडाअध्यक्षसहितको समूह एमाले प्रवेश

समाचार

काठमाडौं, १ चैत । पर्सा जिल्लाको पोखरिया नगरपालिका–६ का वडाअध्यक्ष सिमानन्द चौहानसहितको समूह एमालेमा प्रवेश गरेको छ ।

चौहानसहित जसपा र माओवादी केन्द्रका जनप्रतिनिधिहरु मंगलबार भक्तपुरमा आयोजित एक कार्यक्रमबीच एमालेमा प्रवेश गरेको हो ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भएको पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले चौहानसहितलाई पार्टीमा स्वागत गरेका थिए ।

चौहानसँगै एमाले प्रवेश गर्नेमा समाजवादी विद्यार्थी युनियनका मुख्यसचिव राकेश महतो पनि छन् । उनीहरुलाई अध्यक्ष ओलीसहितले खादा र माला लगाएर स्वागत गरे ।

वडाध्यक्ष चौहानले आफूसहित साढे ५ सय जना कार्यकर्ताहरु एमालेमा प्रवेश गरेको बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ