काठमाडौं, १ चैत । नेपाल–भारत डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको १४ औं बैठक सम्पन्न भएको छ ।
फाल्गुण २५ देखि २९ गतेसम्म बैठकमा बसेको हो । भारतको तर्फबाट गंगा बाढी नियन्त्रण आयोगका योजना सदस्य शेर सिंह र नेपालको तर्फबाट जलस्रोत तथा सिँचाई विभागका महानिर्देशक सुशील चन्द्र आचार्यको सह–अध्यक्षतामा उक्त बैठकमा फाल्गुण ३० गते दुवै पक्षले बैठकको माइन्युटमा हस्ताक्षर गरे ।
संयुक्त समितिले भारत–नेपाल सीमाका विभिन्न स्थानहरुको पनि स्थलगत भ्रमण गरेको छ । सीमा क्षेत्रमा बाढी, कटान तथा डुबान व्यवस्थापन गर्नु समितिको कार्यक्षेत्र भित्र पर्दछ ।
समितिले सीमा क्षेत्रमा पर्ने नदीहरुको व्यवस्थापनका लागि प्रस्ताव गरिएका नवोदित कार्यस्थलको पनि भ्रमण गरेको हो ।
तपाईको प्रतिक्रिया