सतर्क एवं सावधानीका साथ होली मनाउन मधेशी आयोगको अनुरोध

समाचार

काठमाडौं, २ चैत । समतावादी, सामाजिक तथा सदभावाको पर्वको रुपमा रहेको होली पर्व सतर्क एवं सावधानीका साथ मनाउन मधेशी आयोगले अनुरोध गरेको छ ।

आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले शुभकामना सन्देश जारी गर्दै ‘सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई रंगहरुको पर्व होलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’ भनेका छन् ।

अध्यक्ष डा.दत्ताले भनेका छन्, ‘यस रंगहरुको पर्वले सबैको जीवनमा खुसी, सन्तुष्टि एवं उतरोत्तर प्रगतिको रंग ल्याउने छ भन्ने कामना समेत गर्दछु ।’

यस सांस्कृतिक अनुपम पर्वलाई सतर्क एवं सावधानीका साथ खेल्न समेत अनुरोध गर्दै होली को समयमा विभिन्न हिंसात्मक गतिविधि बढ्ने भएकोले सचेत रहन तथा त्यस्ता घटनाहरु घटेमा प्रहरी–प्रशासनमा तुरुन्त खबर गर्न उनले अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ