९ केजी गाँजासहित एक जना पक्राउ

समाचार

धनुषा, ३ फागुन । शहिदनगर नगरपालिका–३ यदुकुवाबाट करिब ९ केजी अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् ।

सबैला नगरपालिका–१३ किरतपुर बस्ने ३२ वर्षीय संतोष कुमार यादवलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्र.२–०२–००४ प ११४७ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय यदुकुवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक यादवलाई उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ