रौतहट, ३ चैत । वृन्दावन नगरपालिका–६ ठुलो हर्षाहामा बा.१७ च ६१६३ नम्बरको पिक–अप गाडीको ठक्करबाट ना.४३ प ७३२७ नम्बरको मोटरसाइकलमा सवार २ जनाको बुधबार राति मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा वृन्दावन नगरपालिका–६ हर्षाहा बस्ने २७ वर्षीय हरि कुमार ठाकुर र ३७ वर्षीय जितेन्द्र प्रसाद पटेल रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका हरि कुमारको हर्षाहास्थित अमन हस्पिटलमा उपचारको क्रममा र जितेन्द्र प्रसादको सोही हस्पिटल हुँदै थप उपचारको लागि भरतपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
चपुरबाट गरुडातर्फ जाँदै गरेको उक्त पिअपले सडक छेउको पान पसलमा र पसल अगाडि पार्किङ गरेको उक्त मोटरसाइकललाई ठक्कर दिएको थियो । पिकअप गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया