कपिलवस्तु, ३ चैत । विजयनगर गाउँपालिका–६ खडैचामा ना.१ ख ७४५३ नम्बरको टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
लु.५४ प ९०८८ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक सोही गाउँपालिका–७ मानपुर बस्ने ४५ वर्षीय लालमोहन केवटको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको शिवराज अस्पताल बहादुरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया