पर्सा, ३ चैत । मोटरले पानी तान्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
वीरगंज महानगरपलिका–२७ जसौली बस्ने ६२ वर्षीय गोपी महतो कुशवाहाको बुधबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो ।
आफ्नै खेतमा पानी तान्ने मोटरले पानी लगाउने क्रममा अचानक करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया