विराटनगर, ५ चैत । नोबेल मेडिकल कलेज विराटनगरले एमबीबीएसका विद्यार्थीहरूबाट अतिरिक्त शुल्क नलिएर अध्यापन गराउने भएको छ ।
कलेजमा आन्दोलनरत विद्यार्थीहरूको विषयमा चिकित्सा शिक्षा आयोग, विश्वविद्यालय र मेडिकल कलेजबीच फागुन २७ गते भएको बैठकमा कलेजले अतिरिक्त शुल्क नलिने सम्झौता भएको हो ।
योसँगै कलेजसँग भएका सात बुँदे सम्झौता आयोगले मंगलबार सार्वजनिक गरेको छ ।
तपाईको प्रतिक्रिया