लागूऔषधसहित युवक पक्राउ

समाचार

बाँके, ५ चैत । नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट ८ सय ट्याब्लेट प्रतिबन्धित औषधिसहित एक युवक पक्राउ परेका छन् ।

ट्रामाडोलसहित दाङ तुल्सीपुर उपमहानगरपालिका–१८ बस्ने २२ वर्षीय बिकास विकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका विकलाई उक्त औषधिसहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ