दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

समाचार

कैलाली, ५ चैत । टिकापुर नगरपालिका–४ अस्नेरीमा से.३ प ९७४६ नम्बर र लु.७४ प ४०७४ नम्बरका दुई मोटरसाइकल आपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका से.३ प ९७४६ नम्बरको मोटरसाइकल चालक टिकापुर नगरपालिका–२ बन्दीपुर बस्ने १७ वर्षीय मञ्जिल कार्कीको टिकापुर अस्पतालमा र लु. ७४ प ४०७४ नम्बरको मोटरसाइकलमा सवार बर्दिया राजापुर नगरपालिका–१ बस्ने २३ वर्षीय प्रजापति चौधरीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

अर्का १ जना घाइतेको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ