करेन्ट लागेर बालिकाको मृत्यु

समाचार

रौतहट, ५ चैत । इशनाथ नगरपालिका–९ लौतना बस्ने जमदार राय यादवकी छोरी ७ वर्षीया पुनम कुमारी यादवको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ ।

आफ्नै घरमा कलको धारामा जडान गरेको मोटरको तार छुन गई करेन्ट लागेर गम्भीर घाइते भएकी उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ