हामीलाई गठबन्धन गर्दा फाइदा हुन्छ कि नगर्दा त्यो विश्लेषण गर्छौं : डा.महत

समाचार

नेपालगन्ज, ५ चैत । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले गठबन्धन गर्दा फाइदा हुने कि नहुने कुराको विश्लेषण गर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन बाँके शाखाले नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा.महतले काँग्रेसलाई जे गर्दा फाइदा हुन्छ त्यही अनुसार निर्णय लिने बताए ।

उनले भने, ‘हामीलाई गठबन्धन गर्दा फाइदा हुन्छ कि नगर्दा त्यो विश्लेषण गर्छौँ, भावनामा बगेर मात्र भएन, हामी पार्टीलाई फाइदा हुने गरी निर्णय लिन्छौं ।’

साथै प्रवक्ता डा.महतले काँग्रेसले चैतभित्र उम्मेदवारहरूको टुङ्गो लगाउने बताए । उनले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानलाई सफल बनाउन नेता कार्यकर्तालाई घर–घरमा पुग्न आह्वान गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ