बाँके, ६ चैत । नेपालगंज उपमहानगरपालिका–२ पुष्पलाल चोकस्थित स्याङ्जा गेष्टहाउसको कोठा नम्बर ७ बाट ३ किलो अवैध लागूऔषध चरेस सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा कालिकोट खाडाचक्र नगरपालिका–९ बस्ने २५ वर्षीय प्रबिण बिष्ट र सोही नगरपालिका–७ बस्ने २३ वर्षीय राज बहादुर कार्की रहेका छन् ।
बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उक्त कोठा जाँच गर्दा सिरानीमा प्लाष्टिकको थैलोमा लुकाई राखेको अवस्थामा उक्त चरेस फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया