इलाम, ६ चैत । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले एक्लै एमालेतिर चिहाउन पनि कसैले नसक्ने भएकोले पाँच दलीय गठबन्धन बनेको बताएका छन् ।
एक्लै नसक्ने भएपछि पाँच दलको गठबन्धन बनाएकोले आगामी चुनावमा एमालेलाई हराउन कसैले नसक्ने दाबी गरेका छन् ।
इलामको सूर्योदय नगरपालिका फिक्कलमा नेकपा एमालेले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै ओलीले एमालेले मात्रै देशको विकास गर्न सक्ने भएकोले जनताले यो कुरा मनन गरिसकेकोले आगामी निर्वाचनमा एमालेलाई जित्नबाट कसैले छेक्न नसक्ने दाबी गरे ।
आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा मदन भण्डारी राजमार्ग शुरु गरेको, धरहरा निमार्ण मेची पहाडी पर्यटन विकासको कुरा कृषि पर्यटनको विकास रेडपाण्डाको संरक्षण लगायतमा आफ्नो सरकारले अत्यन्तै उच्च गतिमा काम गरेको ओली जिकिर गरे ।
तपाईको प्रतिक्रिया