काठमाडौं, ६ चैत । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिगामी चरित्रका नमुना भएको आरोप लगाएका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालय काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओली परिवर्तनका वाहक नभएको बताएका हुन् ।
आफूहरू देश र जनतालाई केन्द्रबिन्दुमा राखेर राजनीतिक यात्रालाई निरन्तर अगाडि बढाइरहेको उनले बताए ।
‘हामी देश र जनतालाई केन्द्रबिन्दुमा राखेर आफ्नो राजनीतिक यात्रा अगाडि बढाइरहेका छौँ,’ उनले भने, ‘केपी ओली परिवर्तनको वाहक होइनन् । प्रतिगामी चरित्रका नमुना हुन् ।’
साथै ओली सबै ठाउँमा पराजित भइसकेको उनले दाबी गर्दै एमाले परित्याग गरेर नेकपा (एस) मा प्रवेश गर्नेको लहर चलेको बताए ।
तपाईको प्रतिक्रिया