भारतका लागि नेपाली राजदूतमा शर्मा नियुक्त

समाचार

काठमाडौं, ६ चैत । भारतका लागि नेपालको आवासीय राजदूत पदमा डा. शंकर प्रसाद शर्मा नियुक्त नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी हुन् ।

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा डा. शर्मालाई भारतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ