राजेशमान सिंह जसपामा प्रवेश

समाचार

वीरगन्ज, ७ चैत । वीरगन्जका प्रभावशाली नेता राजेशमान सिंहले जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल परित्याग गरेका सिंह नेकपा एमाले प्रवेश गर्ने तयारीमा थिए । तर वीरगन्जका मेयर एमाले प्रवेश गरेपछि सिंह जसपा रोजेका हुन् ।

सोमबार वीरगञ्जमा आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपाका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, सङ्घीय सांसद् प्रदीप यादव, प्रदेशसभा सदस्य जनत अन्सारी, अब्दुल रहिम अन्सारी (मञ्जुर अन्सारी) लगायतका नेताहरुले सिंहलाई फूलमाला लगाएर जसपा प्रवेश गराएका छन् ।

सिंहसँगै लोसपालगायत अन्य विभिन्न राजनीतिक दल त्यागेर युवाहरुको एउटा ठूलो समूहले पनि जसपा प्रवेश गरेको हो ।

सिंहलाई आगामी स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको मेयर लडाउने जसपाको तयारी छ । उनी यसअघि तत्कालीन राष्ट्रिय जनता पार्टीबाट मेयर लडेर तेस्रो स्थान ल्याएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ