मधेशी आयोगले मनायो तेस्रो वार्षिकोत्सव

समाचार

काठमाडौं, ७ चैत । नेपालको संविधानको धारा २६२ अनुसार गठित संवैधानिक आयोगको रुपमा रहेको मधेशी आयोगको तेस्रो वार्षिकोत्सव एक कार्यक्रम बीच सम्पन्न भएको छ ।

२०७५ साल चैत्र ७ गते को दिन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले सपथ लिएको दिनलाई आधार मानी आयोगले आफ्नो वार्षिकोत्सव मनाउदै आएको छ ।

आयोगका अध्यक्ष डा.दत्तले ३ वर्षमा आयोगले गरेका काम र गतिविधि सम्बन्धमा प्रेस विज्ञप्ति समेत जारी गरेका छन् ।

जारी प्रेस विज्ञप्तिमा थर सूचीकरण अन्तिम चरणमा रहेको समेत उल्लेख गरिएको छ । नियुक्ति पश्चात ३ आर्थिक वर्षमा आयोगको बेरुजु शुन्य रहेको, भौतिक स्रोत साधनको कमी भए पनि आयोगले अहोरात्र काम गरेको, कर्मचारीको व्यापक अभाव लगायातका वुँदाहरु उल्लेख गरिएको छ ।

महत्वपूर्ण कार्यहरु

तराई–मधेशका विभिन्न जिल्लाको अनुगमन तथा निरीक्षण,

नेपाल–भारत सिमाका विभिन्न स्थानहरूको स्थलगत अवलोकन तथा अनुगमन,

आयोगमा पुस्तकालयको स्थापना,

आयोगलाई पूर्ण प्रविधि–मैत्री बनाउने,

टोल फ्री तथा हेल्पलाइन नम्बरको संचालन,

अधिकृत–स्तरको लोक सेवा तयारी कक्षा अभिमुखीकरण तथा संचालन,

आयोगको लोगो निर्माण,

ई–लाइब्रेरी स्थापना,

२०७६।०१।०२ देखी नै ई–हाजिरीको व्यवस्था,

विज्ञहरूको रोस्टर तयार,

आयोगको चौमासिक बुलेटिन प्रकाशन,

अन्धविश्वास, बाल–विवाह, दाइजो प्रथा, छुवाछुत जस्ता कुरीतिविरुद्ध अभिमुखीकरण कार्यक्रम संचालन,

प्रदेश–१, मधेश प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशमा मधेशी समुदायको सशक्तीकरणका लागि लोकसेवा तयारी अभिमुखीकरण कक्षा,

झापा, मोरंग, सप्तरी, सिरहा, सर्लाही, चितवन, मकवानपुर, रुपन्देही, बाँके, कपिलवस्तु सहितका जिल्लाहरूमा मधेशी समुदायको हक–हितको संरक्षण, सम्बर्द्धन तथा सशक्तीकरणका लागि सरकारी सेवामा पहुँचको तयारी तथा अभिमुखीकरण कार्यक्रम,

संघीय, प्रदेश तथा स्थानीय सरकार एवम् नागरिक समाजका अगुवाहरूसँग मधेशी समुदायको हक–हितको संरक्षण,

सम्बर्द्धन तथा सशक्तीकरणका लागि नियमित छलफल,

ऐतिहासिक ठोरीको धार्मिक एवम् पुरातात्विक अध्ययन 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ