वीरगंज, ७ चैत । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले समानुपातिक समावेशी निर्वाचन प्रणाली आवश्यक रहेको बताएका छन् । उनले वर्तमान निर्वाचन प्रणाली महँगो भएकोले यसलाई बदल्नुपर्ने कुरामा जोड दिएका छन् ।
जसपा नेपाल पर्साद्वारा सोमबार वीरगन्जमा आयोजित वृहत् पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले यस्तो कुरा बताएका हुन् ।
उनले संविधानलाई संशोधन गर्दै आवश्यक परे पुनर्लेखनसमेत गरेर सबैको पहिचानसँगै समानुपातिक साझेदारीको ग्यारेन्टी हुनुपर्ने बताए ।
उनले मुलुकको स्थायित्व र विकासका लागि समानुपातिक समावेशी निर्वाचन प्रणाली आवश्यक रहेको बताउँदै दुई तिहाइको सरकार पनि टिक्न नसकेको अवस्थामा शासकीय निर्वाचन प्रणालीलाई परिवर्तन गर्नुपर्ने कुरामा जोड दिए ।
तपाईको प्रतिक्रिया