स्थानीय चुनाव : झापामा जनमत पार्टी दर्ता

समाचार

झापा, ८ चैत । आसन्न स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै डा.सीके राउत नेतृत्वको जनमत पार्टी झापा जिल्लामा दर्ता भएको छ ।

जिल्ला निर्वाचन कार्यालय झापामा आसन्न स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि जनमत पार्टीसहित ३६ वटा दल दर्ता भएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार ६ वटा राष्ट्रिय दल र ३० अन्य गरी ३६ वटा दल कार्यालयमा दर्ता भएका हुन् ।

विसं २०७४ को स्थानीय निर्वाचनमा ३२ वटा दल दर्ता भएर निर्वाचनमा सहभागी भएका थिए । यस पटक थप चार नयाँ दल थपिएको निर्वाचन कार्यालयले जनाएको छ ।

झापामा जनमत पार्टी, मङ्गोल नेशनल अर्गनाइजेसन र मौलिक जरोकिलो पार्टीलगायत थपिएका बताएका छन् ।

कार्यालयले जिल्लामा चुनावमा भाग लिन इच्छुक दललाई दर्ता प्रक्रियाका लागि चैत २ देखि चैत ६ गतेसम्म समय दिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ