मन्त्रिपरिषद्मा हेरफेर भएमा हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

समाचार

जनकपुरधाम, ८ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मन्त्री मन्त्रिपरिषद्मा हेरफेर भएमा हैसियतअनुसार मन्त्रालय माग गरेका छन् ।

मंगलबार जनकपुरधाममा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले अहिले मन्त्रिपरिषद्मा हेरफेरबारे छलफल भइरहेको बताउँदै अब माओवादी केन्द्रलाई हैसियत अनुसारको मन्त्रालय चाहिएको बताए ।

उनले मन्त्रिपरिषदमा हेरफेरको कुरा चलेको तर अहिलेसम्म औपचारिक रुपमा टुंगो नलागेको बताए । उनले भने, ‘केही मन्त्रालय हेरफेर हुने सम्भावना छ, केही नयाँ आउने सम्भावना छ ।’

उनले नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) लाई धेरै मन्त्रालय दिएर सहयोग गरेको जिकिर गरेका छन् । साथै उनले लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई सरकारमा ल्याउने बारे प्रधानमन्त्रीसँग कुनै छलफल नभएको समेत बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ