जनकपुरधाम, ८ चैत । आफ्ना नेता कार्यकर्तालाई प्रशिक्षित गर्न लोकतान्त्रिक समाजवादी पार्टी नेपालले मधेश प्रदेशमा प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । मंगलबारदेखि प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम जनकपुरधाममा शुरु भएको हो ।
आसन्न स्थानीय चुनावलाई मध्यनजर गर्दै लोसपाले प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।
पहिलो चरणमा मधेश प्रदेशको सप्तरी, सिराहा, धनुषा र महोत्तरीका नेता कार्यकर्ताहरुलाई प्रशिक्षण सुरु भएको हो ।
प्रशिक्षको एजेण्डामा मधेश, थरुहट तथा सिमान्तकृत समुदाय अवस्था, लोकतान्त्रिक समाजवाद र लोसपाको कार्यदिशा समेत रहेको बताइएको छ ।
प्रशिक्षण कार्यक्रममा लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेताहरु राजेन्द्र महतो, शरत्सिंह भण्डारी, अनिल झा लगायतले पार्टीको आगामी कार्यदिशाबारे कार्यकर्ताहरुलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
यसैगरी, लोसपाले मधेश प्रदेशको सर्लाही, रौटहट, बारा र पर्सा जिल्लामा बिहीबार वीरगन्जमा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने नेता डा.सुरेन्द्र झाले मधेशवाणीलाई जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया