भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन विषयक अन्तरक्रिया सम्पन्न

समाचार

वीरगन्ज, ८ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन विषयक जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

वीरगन्जको नगरसभा गृहमा भएको अन्तरक्रिया कार्यक्रममा स्थानीय तहका विभिन्न निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा विभिन्न वक्ताहरुसँग उठेका सवालहरुमा अख्तियार दुरुपयोग आयोगका प्रमुख आयुक्त डा.हरि पौडेलले प्रश्नहरुको उत्तरमा पर्सामा रहेका भ्रष्टाचारीहरुलाई सचेत गराएका थिए ।

आर्थिक वर्ष २०७७।७८ मा २२ हजार ६ सय २५ उजुरी परेकोमा १४ हजार मुद्दाहरुलाई किनारा गरिएको उनले बताए । भ्रष्टाचारमा पर्सा, बारा, रौतहट र सर्लाही जिल्लाहरुमध्ये हेर्ने हो भने पर्सा चौथो स्थानमा रहेको आयुक्त पौडेलले प्रष्ट पारेका थिए ।

आर्थिक वर्ष २०७७।७८ पर्सामा ९ सय २९ वटा उजुरीहरु परेकोमा ५ सय १८ वटा फछ्र्योट भएको उनले बताए । जसमध्ये महिलाहरुमाथि मुद्दाहरु कम रहेका छन् भने पुरुषमाथि बढी रहेको आयुक्त पौडेलले जानकारी दिए ।

पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले पर्सामा भएको भ्रष्टाचारीहरुलाई यथाशीघ्र कानुनको दायरामा लिइ अख्तियार समक्ष जानकारी गराउने बताए ।

जिल्ला समन्व्यन समितिका प्रमुख नेक महम्मदले पर्सामा प्रत्येक भ्रष्टाचारीहरु चिप्लो कुरा गरी निकायहरुलाई फकाउँदै भ्रष्टाचार गर्दै आएकोले पहिचान गरी कानुनको दायरमा ल्याउने जिकिर गरेका थिए ।

अन्तरक्रीया कार्यक्रममा कार्यपत्र प्रस्तुती अख्तियार दुरुपयोगका उप–सचिव वेदप्रसाद भण्डारीले गरेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा राजश्व चुहावट सम्बन्धी नेपाल सरकारलाई ६० बुँदे सुझावहरु दिइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ