रोलरको ठक्करबाट सुपरभाइजरको मृत्यु

समाचार

कपिलवस्तु, ८ चैत । महाराजगंज नगरपालिका–२ गैडहवास्थित सडकमा बा.२ क ४३३९ नम्बरको बाटो दवाउने रोलर मेशिनको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

सोही बाटो हेर्ने सुपरभाईजर कपिलवस्तु नगरपालिका–४ दालपुर बस्ने ३५ वर्षीय बसन्त कुमार यादवको मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाटो पिच गर्ने क्रममा उक्त रोलर मेशिनले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । रोलर मेशिनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ