जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

समाचार

पर्सा, ९ चैत । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बहुदरमाई नगरपालिका–९ विश्रामपुर बस्ने ३५ वर्षीय सन्देश महतो कोईरीलाई प्रहरीले पक्राउ गरेको छ ।

कोईरीले ती किशोरीलाई विवाह गर्छु भनी झुठ्ठा प्रलोभनमा पारी नयाँ–नयाँ स्थानमा घुमफिर गराउने वहाना बनाई आफूसँग लगि पटक–पटक जबरजस्ती करणी गरेको भन्ने जाहेरी दर्खास्त प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई वीरगञ्ज महानगरपालिका–१३ बाट सोमबार पक्राउ गरको हो ।

उनी उपर जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ