धनुषा, ९ चैत । मिथिला नगरपालिका–३ हरियरपुर बस्ने निर बहादुर थापा मगरकी छोरी २ वर्षीया स्नेहा थापा मगरको ना.४ ख २३८९ नम्बरको ट्रकको चक्काले किच्दा मृत्यु भएको छ ।
निर बहादुरले आफ्नै घर अगाडि पार्किङ गरी राखेको उक्त ट्रक घरबाट लिएर हाईवेतर्फ निस्किने क्रममा स्नेहा खेल्दै गरेको अवस्थामा अचानक ट्रकको चक्कामा पर्न जाँदा चक्काले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया