विराटनगर, ९ चैत । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले वर्तमान गठबन्धन स्थानीय तहका साथै प्रदेश र संसदको निर्वाचनसम्म जानुपर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै निर्वाचनका लागि गठबन्धन आवश्यक रहेको बताएका हुन् ।
गच्छदारले भने, ‘यो गठबन्धन सरकार बनाउन मात्र गरिएको होइन भन्दै संविधान क्षतविप्त र नागरिकलाई पाएको राजनीतिक उपलब्धि खोसिनबाट जोगाउन सफल भयो ।’
कांग्रेस र कम्युनिष्टबीच विचार र सिद्धान्त बेग्लाबेग्लै भए पनि राजनीतिक उपलब्धी प्राप्त गर्नका लागि विभिन्न कालखण्डमा एकसाथ आन्दोलन अगाडि बढेको उनले जिकिर गरे ।
तपाईको प्रतिक्रिया