कपिलवस्तु, ९ चैत । शुद्धोधन गाउँपालिका–३ लवनी चोकबाट नियन्त्रित लागूऔषध ३७ पिस स्पास्मो र ६ पिस नाईट्रोभेट सहित एक युवक पक्राउ परेका छन् ।
मायादेवी गाउँपालिका–६ डुमरा बस्ने २६ वर्षीय अब्दुल वफा मुसलमानलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पैदल हिँडिरहेका उनलाई प्रहरी चौकी लवनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया