काठमाडौं, १० चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले बिहीबार भारतको औपचारिक भ्रमणमा गएका छन् ।
भारतीय सरकार तथा वीङ्स इन्डिया २०२२ ले पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा गर्न लागेको एक कार्यक्रममा सहभागी हुन मन्त्री आले भारत गएका हुन् ।
भारतको हैदरावादमा भएको कार्यक्रमको शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने तय भएको छ ।
विभिन्न राष्ट्रका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सहभागी हुने उक्त कार्यक्रममा मन्त्री आलेले नेपालको पर्यटन प्रवद्र्धन तथा नागरिक उड्डयनका क्षेत्रमा आफ्ना धारणा राखेका छन् ।
मन्त्री आलेले बढीभन्दा बढी पर्यटक भित्रयाउन तथा भारतसँग सिमान जोडिएका यहाँका विभिन्न विमानस्थलमा हवाइ रुट खोल्नेलगायत आवश्यक सहयोगका लागि भारत सरकारसँग आग्रह पनि गरेका छन् ।
तपाईको प्रतिक्रिया