बालबालिकासँग बेलायती राजदूतको अन्तरक्रिया

समाचार

जनकपुरधाम, १० चैत । नेपालका बेलायती राजदूत निकोला पोलिट जनकपुरधाम उप महानगरपालिका–१८ महुवास्थित शंकर आधारभूत विद्यालयका बालबालिकासँग रमाइलो अन्तरक्रिया गरेकी छन् ।

विश्व पानी दिवसको अवसरमा विद्यालय पुगेकी पोलिट यूके एड र युनिसेफको सहयोगमा पिपुल प्रमोट सेन्टर, जनकपुरले विद्यालयमा निर्माण गरेको खानेपानी, शौचालयसँगै अपांग र छात्रामैत्री अन्य संरचनाहरुको स्थलगत निरीक्षण पनि गरेकी थिइन् ।

अन्तरक्रियाको क्रममा विद्यार्थीहरुले राजदूत पोलाइटसँग बेलायतको शिक्षा, विद्यालयहरुको भौतिक अवस्था, लैंगिक विभेद लगायत विषयमा जिज्ञासा राखेका थिए ।

राजदूतले बेलायतमा निजी भन्दा सरकारी विद्यालयको शिक्षास्तर उत्कृष्ट रहेको बताएकी थिइन् ।

राजदूत पोलिटले नेपालका सामुदायिक विद्यालयहरुको शैक्षिक तथा भौतिक गुणस्तरमा उल्लेख्य सुधार भएको बताइन् । दलित बस्तीमा अवस्थित यस विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी दलित तथा विपन्न परिवारका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ