स्थानीय प्रशासनविरुद्ध एमालेद्वारा रौतहटमा प्रदर्शन

समाचार

गौर, १० चैत । रौतहटको स्थानीय प्रशासनले विभिन्न घटनामा निर्दोषलाई फसाउने काम गरेको भन्दै नेकपा एमाले रौतहटले विशाल प्रदर्शन गरेको छ ।

गठबन्धन सरकारको इशारामा रौतहटका प्रहरी उपरीक्षक (एसपी) र प्रमुख जिल्ला अधिकारी (सिडियो)को नेतृत्वमा झुठा मुद्दा, गाली बेइज्जती तथा बदनाम गर्ने कार्य भइरहेकोले एमालेले गरुडामा मङ्गलबार प्रदर्शन गरेको हो । सिडियो र एसपीको राजीनामा माग्दै अध्यक्ष त्रिभुवन साहको नेतृत्वमा निकालिएको प्रदर्शनमा केन्द्रीय तथा प्रदेश कमिटीसहितका नेता कार्यकर्ता सहभागी थिए ।

एमाले पार्टी कार्यालयबाट सुरु भएको प्रदर्शन गरुडाको परिक्रमा गरी इलाका प्रहरी कार्यालय गरुडा अगाडी पुगेर कोणसभामा परिणत भएको थियो ।

सो क्रममा प्रदर्शनकारीहरुले “निर्दोषलाई फसाउन पाईदैन, पक्षपाती सरकार÷प्रशासन चाहिदैन, पक्षपाती सीडीओलाई बर्खास्त गर, निष्पक्ष निर्वाचनको वातावरण तयार गर, षड्यन्त्रकारी सिडियोलाई कारवाही गर, हर्षाहा सवारी दुर्घाटनाको उच्चस्तरीय छानबिन गर जस्ता नारा लगाएका थिए । कोणसभालाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष साहले दोषी उम्काएर निर्दोषलाई फसाउने कार्य तत्काल रोक्न चेतावनी प्रशासनलाई आग्रह गरे ।

उनले शान्तिपूर्ण प्रर्दशन गरिए पनि प्रहरी प्रशासनले गठबन्धन सरकारको ईशारामा झालझेल र षडयन्त्र गर्ने कार्य बन्द नगरे जनताले जिल्ला भर प्रतिकार गर्ने र अनिश्चितकालको लागि बन्द हडताल गर्ने चेतावनी दिए ।

एक साता अगाडि नागेन्द्र साहको नाममा रहेको बा १७ च ६१६३ नम्बरको स्कार्पियो पिकअपको ड्राइभरले मान्छे पुर्याएर महोत्तरीबाट रौतहट फर्किदै गर्दा गौर–चन्द्रनिगाहपुर सडक खण्डको हर्षाहामा दुर्घटना हुँदा दुई जनाको मृत्यु र दुई जना घाइते भएक थिए ।

घटनास्थलमा समातिएका चालकलाई रिहा गरी प्रहरीले गाडीमा हुँदै नभएको व्यक्तिको नाममा मुद्दा दर्ता गरेको हो ।

सिसिटीभी फुटेज र भिडियो क्लिपहरु प्रमाणको रुपमा हुँदा समेत सरकारी षडयन्त्र अनुरुप त्यसमा देखिएको व्यक्तिलाई छाड्ने र निर्दोषमाथि मुद्दा दर्ता भएको दोषी उपर छानबीन गर्न र निर्दोषलाई फसाउने कार्य गरेको सिडियो र एसपीलाई बर्खास्त गरी रौतहटबाट हटाउनुको विकल्प नरहेको केन्द्रीय सदस्य एवम् जिल्ला ईन्चार्ज उपेन्द्र साहले बताए । दुर्घटनाको गहन अनुसन्धान गरी सत्यतथ्य पता लगाएर पीडितलाई क्षतिपुर्तिसहित न्याय दिलाउनको सट्टा स्थानीय प्रशासनले राजनीतिक स्वार्थमा चाकडी गरी दुर्घटनाको पीडितको समेत मन दुखाएको उनको आरोप छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ