काठमाडौं, १० चैत । एनएमबि बैंकले मधेश प्रदेशका उखु किसानलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको छ ।
बैंकले कृषि तथा उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राख्दै मधेश प्रदेशमा हालसम्म १५६ उखु किसानलाई कलैया र गोलबजार शाखाबाट सहुलियतपूर्ण कर्जा उपलब्ध गराइसकेको जनाएको छ ।
बैंकले उखु किसानलाई सहज रूपमा कर्जा प्रवाह गर्ने उद्देश्यले रिलायन्स सुगर मिल्स र हिमालय सुगर मिल्ससँग सम्झौता गरेको थियो ।
सम्झौताअनुसार उक्त चिनी उद्योगलाई आवश्यक उखुको माग पूरा गर्न आवश्यक पर्ने उखुखेती गर्न प्रोत्साहन गर्दै किसानलाई सहुलियतपूर्ण कर्जा प्रवाह गरेको हो जनाएको छ ।
साथै, बैंकले सुगर मिल्ससँग सहकार्य गरी किसानको उखुखेतीलाई आवश्यक अरू विभिन्न प्राविधिक सहयोगहरू पनि गर्दै आएको जनाएको छ ।
कर्जा प्रवाहपश्चात् बैंकले गरेको स्थलगत निरीक्षणमा अधिकांश किसानको जीवनस्तरमा परिवर्तन भएको र किसानले उखु बिक्रीबाट लाभान्वित भई बैंकको कर्जा समेत तोकिएको भाकाभित्रै भुक्तानी गरिरहेको एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।
तपाईको प्रतिक्रिया