बुद्ध एयरको जनकपुरधाम–पोखरा उडान सातै दिन

समाचार

जनकपुरधाम, १० चैत । मधेश प्रदेशको राजधानी जनकपुरधामदेखि गण्डकी प्रदेशको राजधानी पोखरासम्म अब दैनिक उडान सुरु भएको छ ।

करिब तीन साताअघि हप्तामा तीन दिन सेवा सञ्चालन गरको बुद्ध एयरले अब नियमित उडान भर्ने भएको हो ।

बुद्ध एयर जनकपुरधामका स्टेशन म्यानेजर विजय प्रसाद सिंहले यात्रुहरुको मागअनुसारजनकपुरधाम–पोखरा–जनकपुरधाम उडान बिहीबारदेखि हप्ताको सातै दिन भएको हो ।

बुद्ध एयरलेसोमबार, बिहीबार र शनिबार जनकपुरधामबाट पोखराका लागि उडान गर्दै आएकोमा अब सातै दिन उडान सुरु भएको उनले बताए ।

फागुन २१ गतेदेखि जनकपुरधाम–पोखरा उडान सुरु भएको थियो । पहिलो उडानमा पोखराबाट गण्डकीका मुख्यमन्त्री १८ जनाको टोलीसहित मधेस प्रदेशको भ्रमणमा आएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ