काठमाडौं, ११ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा चैत १८ गते तीनदिने भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री देउवा चैत्र १८ देखि २० गतेसम्म भारत भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको छ ।
चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण सकिएलगत्तै प्रधानमन्त्री देउवा भारत जान लागेका हुन् । वाङ तीनदिने भ्रमणका लागि शुक्रबार नेपाल आउँदै छन् ।
यसअघि, ‘गुजरात समिट’मा जाने तयारी गरे पनि कोरोना महामारीका कारण समिट नै रद्द भएपछि देउवाको भ्रमण रोकिएको थियो ।
भ्रमणका क्रममा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले संयुक्तरुपमा जनकपुर–जयनगर रेल सेवा शुभारम्भ गर्ने तयारी छ ।
तपाईको प्रतिक्रिया