मुखियापट्टी मुसहरनिया–४ का वडाध्यक्ष झा जसपा प्रवेश

समाचार

जनकपुरधाम, ११ चैत । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ मा स्वतन्त्रबाट निर्वाचित वडाध्यक्ष उदयचन्द्र झा जनता समाजवादी पार्टी नेपालमा प्रवेश गतेका छन् ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले वडाध्यक्ष झालाई अबिर माला लगाई पार्टीमा स्वागत गरेका छन् ।

जनकपुरमा शुक्रबार आयोजित कार्यक्रममा नवप्रवेशी झाले उत्पीडित र उपेक्षित समुदायको हकहितको संरक्षण जसपाबाट मात्र हुने देखेर आफू पार्टी प्रवेश गरेको बताएका थिए ।

कार्यक्रममा जसपा कार्यकारी सदस्य एवम् संघीय कृषि तथा पशुपंक्षीमन्त्री महेन्द्र यादव, पूर्वमन्त्री हरिनारायण यादव, जसपा नेता जितेन्द्र यादव, जिल्ला सदस्य जयकुमार यादव, मुखियापट्टी मुसनिया गापा कमिटी अध्यक्ष अशोक यादवसहितको नेताहको उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ