जसपा सांसद साहमाथि सांघातिक आक्रमण

समाचार

सर्लाही, १२ चैत । जनता समाजवादी पार्टी नेपालका संघीय सांसद एवं प्रमुख सचेतक प्रमोद साहमाथि सांघातिक आक्रमण भएको छ ।

सर्लाहीको ईश्वरपुर नगरपालिका बयलबास बजारमा सांसद साहमाथि शनिबार बिहान १० बजे आक्रमण भएको हो ।

जसपाको केन्द्रीय सदस्यसमेत रहेका सांसद साहका साथमा रहेका सुरक्षा गार्डमाथि पनि कुटपिट भएको बताइएको छ । दुवैजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

बययलबास बजारमा बाटो बनाउने विषयमा शनिबार बिहान सांसद साहसहित दुई पक्षबीच झडप भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ