काठमाडौं, १२ चैत । शनिबार बिहान सर्लाहीको इश्वरपुर नगरपालिकामा नेकपा एमालेका कार्यकर्ताहरूले सांसद प्रमोद साहमाथि आक्रमण गरेको आरोप जनता समाजवादी पार्टी नेपालले लगाएको छ ।
जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारले एक विज्ञप्ति जारी गरी केन्द्रीय सदस्य एवम् संसदीय दलका प्रमुख सचेतक प्रमोद साहलाई साङ्घातिक हमला गरी गम्भीर घाइते बनाएको जनाएका छन् ।
‘पार्टी कामको सिलसिलामा गृह जिल्ला पुग्नुभएका मा. साहमाथि सुनियोजित ढङ्गबाट आक्रमण गरी घटना घटाइ उहाँ लगायत दर्जनौँ कार्यकर्ताहरू घाइते हुने गरी भएको निन्दनीय कार्यको जनता समाजवादी पार्टी, नेपाल घोर भत्र्सना गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।
एमालेले यस्ता घृणित र अपराधिक कृयाकलाप बन्द नगरे यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार स्वयं नेकपा एमाले हुने चेतावनी अधिकारीले दिएका छन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘उक्त घटनाका दोषीमाथि अविलम्ब कडाभन्दा कडा कारवाही गर्न तथा शान्ति सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछ ।’
यस घटनामा सांसद साहलगायत घाइते भएका सम्पूर्ण घाइतेहरूमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको उचित स्वास्थ्य उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।
तपाईको प्रतिक्रिया