मणि प्रसाद गैह्रे, कपिलवस्तु, १२ चैत । बुद्धभूमि नगरपालिका–२ गोरुसिंङ्गेमा १९ करोड बढी लागतको खानेपानी आयोनजाको निर्माण हुने भएको छ ।
गोरुसिंङ्गेमा शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समिति मार्फत साढे ४ लाख लिटर पानी संचय हुने े क्षमताको टंकी निर्माण सहीतको १९ करोड १० लाख लागतको योजना निर्माणको सुभारम्भ गरिएको हो ।
खानेपानी आयोजनाको नगर प्रमुख केशव कुमार श्रेष्ठले सिलन्यास गरेका छन् । आयोजना नगरभित्र अहिलेसम्मकै सबै भन्दा बढी लागतको हो । नगर प्रमुख केशव कुमार श्रेष्ठले टंकी निर्माणको फाउन्डेशनमा पुजापाठ गरी ढुंगा राखेर आयोजनाको शिलान्यास गरेका हुन ।
सो अवसरमा उनले वडा नम्बर २ का बासिन्दाहरुले अब स्वच्छ पानी पिउन पाउने बताए । नगरभित्रै सबै भन्दा बढी लागत र ठुलो खानेपानी आयोजनाले सबै वडाबासीहरु सुद्ध खानेपानीबाट बंचित हुन नपर्ने बताए ।
उनले आयोजना तोकिएकै सयममा पुरा गर्न वडाबासी र उपभोक्ता समितिले समेत साथ दिन आग्रह गरे । कुल २९ करोड लागतको आयोजना रहे पनि शर्मा भिमेश्व जेभीले १९ करोड १० लागतको ठेक्का लिएको आयोजनाका टिम लिडर हरि ढकालले बताए ।
वडाध्यक्ष भेषराज खनालले आफ्नो वडमा नगर कै सबै भन्दा ठुलो आयोजना सुरु भएकोमा खुशी ब्यक्त गर्दै यसमा सबैले सहयोग गर्नु पर्ने बताए । उनले आयोजनाले अब वडामा खोनेपानीको समस्या टर्ने बताए ।
आयोजना सुभारम्भ भएको १८ महिना भित्र टंकी निर्माण, ४८ किमि पाईप बिछाउने कार्य, पानी प्रशोधन ईकाई स्थापना, ४ वटा डिप टियुवबेल निर्माण गरिेनेछ । त्यस पछिको एक बर्षको अवधिमा अप्रशेन र मेन्टेनेनस तथा तालिम दिईनेछ ।
आयोजनाको कुल लागत मध्ये ७० प्रतिशत नेपाल सरकारको, ३ प्रतिशत नगरपालिका र २ प्रतिशत उपभोक्ताको रहेको छ । २५ प्रतिशत नगरपालिका संघ मार्फत लगानी हुनेछ ।
आयोजनाबाट ४ हजार ४० परिवारकाा २१ हजा ४६१ परिवार लाभांवित हुनेछन् । अध्यक्ष नरेन्द्रराज टंडनले नगर कै ठुलो खानेपानी आयोजनाले वडाबासीमा खुशीयाली छाएको बताए ।
यसको निर्मााणमा सबैले आ–आफनो तर्फबाट सहयोग गर्नु पर्ने बताए । नरेन्द्रराज टंडनको अध्यक्षतामा भएको कार्यक्रममा नगर उप प्रमुख मीरा थारु, कृष्ण प्रसाद भट्टराई, बिष्णु हरि शर्मा लागायतको सहभागिता थियो ।
तपाईको प्रतिक्रिया