रामनगरमा मनिषको सक्रियता

समाचार

सर्लाही, १३ चैत । आसन्न स्थानीय तह निर्वाचनको माहौल तातिरहेको बेला जिल्लाको रामनगर गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता मनिष मिश्र अध्यक्षको अब्बल दाबेदारको रुपमा देखिएका छन् ।

विद्यार्थी राजनीतिबाट राजीनामा गरेर राष्ट्रिय राजनीतिमा लागेका नेता मिश्र राष्ट्रिय राजनीतिमा मात्रै नभई जनस्तरमा राम्ररी भिजेको नेताको रुपमा चिरपरिचित छन् ।

रामनगर गाउँपालिका अध्यक्षका लागि लोसपा केन्द्रीय नेतृत्वले मनिषलाई नै टिकट दिने चर्चा परिचर्चा चलिरहेको छ । रामनगरवासीको चाहना पनि मनिषलाई नै रामनगरको अध्यक्षको रुपमा हेर्ने देखिएको छ ।

मनिष भन्छन्, ‘वास्तवमा जनताको सबभन्दा नजिकको जनप्रतिनिधि भनेकै पालिकाका प्रमुख वा अध्यक्ष हुन् । म प्रायः आफ्नो क्षेत्रमा नै बस्छु, त्यहाँका समस्याहरुलाई नजिकबाट हेरेको छु, जसले गर्दा त्यहाँका जनसमुदायमलाई रामनगर गाउँपालिकाको अध्यक्ष हेर्न चाहेको मैले महसुस गरेको छु ।’

अहिलेसम्म कुनै पदमा नभएर पनि पालिकाका लागि विगत पाँच वर्षदेखि विभिन्न उल्लेख्य काम गरेका मनिषलाई अध्यक्षको लागि टिकट दिने लोसपा केन्द्रीय नेतृत्वको तयारी रहेको बताइएको छ ।

त्यहाँका जनताले भनिरहेका छन् कि जति काम यो पालिकाका अध्यक्षले गर्न सकेको छैन, त्योभन्दा बढी काम मनिष मिश्रले गरेर देखाइ दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ