चुरे अभियानका ३९ नेता कार्यकर्ता पक्राउ

समाचार

जनकपुरधाम, १४ चैत । चुरे तथा वन जंगल संरक्षण अभियान धनुषाका ३९ जना नेता कार्यकर्ता पक्राउ परेका छन् ।
मधेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा निषेधाज्ञा तोडेर भित्र प्रवेश गर्न खोज्दा ३९ जना अभियन्ता पक्राउ परेका हुन् ।
विगतमा प्रदेश सरकारसँग भएको सात बुँदे सम्झौता कार्यान्वयन र सुकुम्बासीलाई लालपुर्जा उपलब्ध गराउनुपर्ने लगायतका मागसहित प्रदर्शनमा उत्रिँदा आफूहरुलाई पक्राउ गरिएको अभियन्ता सरोज रायले बताए ।
६ महिनाअघि अभियानका नेता कार्यकर्ता जनकपुरमा विभिन्न मागसहित आमरण अनशन बस्दा मधेश सरकारले ७ बुँदे सम्झौता गरेको थियो । तर कार्यान्वयन भने नगरेको अभियानको आरोप छ । मधेशमा रहेका सुकुम्बासी समस्या समाधानप्रति प्रदेश सरकार गम्भीर नरहेको उनीहरुको गुनासो छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ