प्रधानमन्त्री देउवाको भारत भ्रमणमा सीमा समस्याको मुद्दा उठ्ने

समाचार

काठमाडौँ, १५ चैत। नेपालले हालै सम्पन्न चिनियाँ विदेशमन्त्री वाङ यीको भमण कोशेढुंगा साबित भएको जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारीबारे जनाकारी दिन सोमबार आयोजित कार्यक्रममा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले विदेशमन्त्री वाङको भ्रमण कोशेढुंगा साबित भएको बताएकी हुन् ।
‘हामीले छिमेकीलाई उच्च प्राथकिकतामा दिँदै आएका छौं,’ प्रवक्ता लम्सालले भनिन्, ’चिनियाँ विदेशमन्त्रीको भमण माइलस्टोन रह्यो ।’
प्रधानमन्त्री देउवाको भारत भमणको तयारी भइरहेको मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवा शुक्रबारदेखि तीनदिने औपचारिक भारत भ्रमणमा जाँदै छन् । देउवाले शनिबार हैदराबाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
मन्त्रालयले प्रधानमन्त्री देउवाको भारत भ्रमणको बेला सीमा समस्याको मुद्दा उठ्ने पनि जनाएको छ । प्रवक्ता सेवा लम्सालले नेपाल र भारतबीच देखिएका सीमा समस्या महत्वपूर्ण विषय भएकाले प्रधानमन्त्री देउवाको भ्रमणका बेला सो विषयमा छलफल हुने जानकारी दिइन् ।
प्रवक्ता लम्सालले भनिन्, ‘सीमा समस्या महत्वपूर्ण विषय हो, प्रधानमन्त्रीज्यूको भ्रमणका बेला कहिँ न कहिँ यो विषय उठछ ।’
प्रधानमन्त्रीको टोलीमा को–को सहभागी हुने भन्ने विषय छलफलकै क्रममा रहेको उनले बताइन् । प्रवक्ता लम्सालले भ्रमणको तयारी तीब्र गतिमा भइरहेको र एजेण्डाको बारेमा ‘वर्कआवट’ भइरहेको समेत बताइन् ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ