शुद्धोधनमा ८२ घरधुरीलाई लालपुर्जा

समाचार

मणि प्रसाद गैह्रे, कपिलवस्तु, १६ चैत । लामो समयसम्म गाउँब्लक समस्यामा रही जग्गा धनी प्रमाण पत्र नपाएका शुद्धोधन गाउँपालिका वडा नं ६ का ८२ घरधुरीलाई एक कार्यक्रमका बीच जग्गाधनी प्रमाणपत्र वितरण गरिएको छ ।

भूमि व्यवस्था तथा सहकारी तथा गरिवी निवारण मन्त्री शीस श्रेष्ठले लवनीमा आयोजित कार्यक्रममा लालपुर्जा वितरण गरिन कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले वर्तमान सरकार संविधानको रक्षा गर्न र संविधानमा भएका व्यवस्था अनुसार काम गर्न बनेको बताइन् ।

कार्यक्रममा मन्त्रालयका सचिव राम प्रसाद थपलियाले जनचाहना अनुसार छिटो छरितो कर्मचारीहरु वाट सो प्रवाह र विश्वास जितेर काम गर्न आग्रह गरे ।

साथै कार्यक्रममा शुद्धोधन गाउँपालिकाका अध्यक्ष निसार अहमद खांले विगत २०२१ सालदेखिको गाउँब्लक समस्या भर्खर समस्या समाधान हुन लागेको बताए ।

कपिलवस्तुमा २०२६ सालबाट सुरु गरिएको गाउँब्लक जग्गा २०२८ मा सामान्य नापी गरिएको थियो । त्यसपछि २०६५ बाट यसले निरन्तरता पाएको छ ।

हालसम्म जिल्लामा सविकका ८१ गाविस वाट १०९३ गाउंब्लक र ६७ बजार ब्लक रहेको छ । हाल सम्म १०८६ गाउंब्ललको नापनक्सा कार्य सम्पन्न भएको छ भने २५९ वटा गाउंब्ललको ६७६८ थान पुर्जा वितरण कार्य सम्पन्न भएको जिल्ला नापी कार्यालयमा प्रमुख कैलाशनाथ पाण्डेयले बताए ।

नापी विभागका महानिर्देशक प्रकाश जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेय, गाउँपालिका उपाध्यक्ष सुधादेवी पाण्डेय, उप महानिर्देशक सुशील डंगोल, गाउँपालिकाका प्रमुख प्रकाशकीय अधिकृत ऋषिराम पन्थी, मालपोत कार्यालय तौलिहवाका प्रमुख ऋषिराम पौडेललको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ