काठमाडौं, १७ चैत । जसपाका संघीय परिषदका अध्यक्ष डा बाबुराम भट्टराईले भारत, चीन, अमेरिकालगायत आर्थिक शक्तिसँग सन्तुलित सम्बन्ध अनिवार्य भएको बताएका छन् ।
भट्टराईले मुख्य शक्तिसँग सन्तुलित सम्बन्ध नबनाए नराम्रो दुर्घटनामा पर्न सक्ने बताएका हुन् ।
नेपालको छरछिमेकीको भूराजनीति बलियो बनेको उनले बताए । भारत, चीन र अमेरिकाका सम्बन्धनले हाम्रो आन्तिरिक सम्बन्धलाई पनि प्रभावित पार्ने अवस्था बनेको बताउँदै उनले राष्ट्रिय मुद्दामा दलहरुबीच सहमति हुनैपर्ने बताए ।
‘युक्रेनको घटना हाम्रा लागि ठूलो पाठ हो । मुख्य शक्तिसँग सन्तुलित सम्बन्ध नबनाए नराम्रो दुर्घटनामा पर्न सक्छौं,’ उनले भने ।
तपाईको प्रतिक्रिया