मधेश प्रदेशसभा बैठक पटक–पटक स्थगित

समाचार

जनकपुरधाम, १७ चैत । गणपूरक संख्या नपुगेपछि मधेश प्रदेशको प्रदेशसभा बैठक स्थगन भएको छ । १ सय ४ जना सांसद रहेको प्रदेशसभामा १३ जना सांसद मात्र उपस्थित भएपछि अढाई मिनेट चलेर बैठक स्थगन भएको हो ।

बुधबार बसेको प्रदेशसभा बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले गणपूरक संख्या उपस्थित नभएकाले बैठक अगाडि नबढाउन सभामुखसँग आग्रह गरेका थिए ।

एमाले सांसद किशोरी साह ‘कमल’ले धेरै दिनको ग्यापमा बस्ने प्रदेशसभा बैठकमा सांसद उपस्थित नभएपछि आपत्ति जनाए ।

उनले सम्बन्धित मन्त्रीको विधेयक रहे पनि छलफलपछि जवाफ दिनुपर्नेमा मन्त्रीहरू पार्टीको कार्यक्रममा व्यस्त हुने गरेको बताए ।

यसअघि पनि बसेको प्रदेशसभा बैठकमा सांसद बढी अनुपस्थित हुने गरेका छन् । गत सोमबार बोलाइएको बैठकमा १ सय ४ मध्ये ४७ जना मात्र उपस्थित भएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ