‘हिरो अफ द मधेश’को उपाधी महोत्तरीका ३ जनप्रतिनिधिलाई

समाचार

महोत्तरी, १७ चैत । महोत्तरीका ३ पालिकाका जनप्रतिनिधिहरुले ‘हिरो अफ द मधेश’को उपाधी पाएका छन् ।

जिल्लाको बर्दिबास नगरपालिका, मटीहानी नगरपालिका र राम्गोपालपुर नगरपालिकाका ३ जना जनप्रतिनिधिहरुले ‘हिरो अफ द मधेश’को उपाधी पाएका हुन् ।

उपाधी पाउनेहरुमा बर्दिबास नगरपालिकाका नगरप्रमुख बिदुर कार्की, मटीहानी नगरपालिकाका हरि प्रसाद मण्डल र रामगोपालपुर नगरपालिकाका उपप्रमुख सितादेवी साह छन ।

‘हिरो अफ द मधेश’ प्रतिष्ठानले गरेको एक सर्वेक्षणअनुसार आफ्ना स्थानिय तहमा भएका बिकाशका कामहरुमा उनिहरुको भुमिका अग्रणी रहेको बताइएको छ ।

‘हिरो अफ द मधेश’ प्रतिष्ठानका सदस्यहरुले दिएको मतलाइ समेत आधार मान्दा जिल्लामा ३ जना जनप्रतिनिधि छानिएको उक्त संस्थाका संयोजक मोहन सिंहले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ