जनकपुरधाम, १७ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि धनुषामा मतदान स्थल घटाइएको छ भने मतदान केन्द्र थपिएको छ ।
निर्वाचन कार्यालय धनुषाका प्रमुख श्रीधर पन्थीका अनुसार २०७४ सालको निर्वाचनमा ३ सय २६ मतदान स्थल रहेकोमा आगामी निर्वाचनका लागि ३ सय २३ वटा कायम गरिएको छ भने ५४८ मतदान केन्द्र रहेकोमा यस पटक जिल्लामा थपिएर ५९६ पु¥याइएको छ ।
जिल्लामा प्रमुख निर्वाचन अधिकृतको कार्यालयसँगै १८ वटै स्थानीय तहहरुमा निर्वाचन अधिकृतको कार्यालयसमेत स्थापना भईसकेका छन् भने निर्वाचन अधिकृतसमेत तोकी सकिएको छ ।
निर्वाचनका लागि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम धनुषा जिल्लाका लागि जिल्ला अदालत धनुषाका जिल्ला न्यायाधीश व्रजेश प्याकुरेललाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ ।
तपाईको प्रतिक्रिया