काठमाडौं, १८ चैत । छिमेकी मित्रराष्ट्र भारतको भ्रमणका लागि प्रस्थान गरेका प्रधानमन्त्री शेरबहादुर देउवाको भव्य स्वागतको तयारी रहेको छ ।
प्रधानमन्त्री देउवा ५० सदस्यीय टोलीको नेतृत्व गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा शुक्रबार नयाँदिल्ली प्रस्थान गरेका छन् ।
इन्दीरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलदेखि प्रधानमन्त्री देउवा बस्ने चाणक्यपुरीस्थित होटल ओटिसी मोर्यसम्म भव्य स्वागतका लागि तयारी गरिएको हो ।
विमानस्थलदेखि होटेलसम्मको सडकमा नेपाल र भारतको झण्डा, प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संयुक्त फोटो टाँगिएको छ ।
उक्त भ्रमणले नेपाल र भारतबीचको बहुआयामिक, सदियौं पुरानो र सौहार्दपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिएको छ।



तपाईको प्रतिक्रिया