काठमाडौं, १८ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिवसीय छिमेकी मित्रराष्ट्र भारत भ्रमणका लागि नयाँदिल्ली पुगेका छन् ।
प्रधानमन्त्री देउवालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले स्वागत गरेका छन् ।
चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्ली पुगेका प्रधानमन्त्री देउवा चाणक्यपुरीस्थित आईटीसी मौर्य होटलमा बस्नेछन् ।
प्रधानमन्त्री देउवासँग भारतीय विदेशमन्त्री एस जयशंकर र सुरक्षा सल्लाहकार अजित डोभालले भेट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
तपाईको प्रतिक्रिया