जनकपुरधाम, १८ चैत । नेपालको एक मात्र रेल्वे सेवा शनिबार उद्घाटन हुँदैछ । तीनदिने भारत भ्रमणका लागि छिमेकी मित्रराष्ट्र भारत पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँदिल्लीको हैदरावाद हाउसमा स्वीच थिचेर रेल्वे सेवा उद्घाटन गर्ने कार्यक्रम रहेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादव बताएकी छन् ।
नेपाल रेल्वेको औपचारिक उद्घाटन कार्यक्रममा सहभागी हुनका लागि जनकपुरधाम आएकी मन्त्री यादवले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको प्रमुख एजेण्डामध्ये जनकपुर–जयनगर रेलको उद्घाटन गर्ने कार्यक्रम रहेको बताइन् ।
उनले भनिन्, ‘प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा स्वीच थिचेर रेल्वे उद्घाटन गर्नु हुने कार्यक्रम रहेको छ ।’
रेल्वेको उद्घाटन भएपछि नेपालको एकमात्र रेल्वेको सेवा भोलिदेखि यात्री बोकेरै सञ्चालनमा आउने मन्त्री यादवले बताइन् ।
तपाईको प्रतिक्रिया